क्रान्तीकारीहरुबिचको एकता आवश्यक –बैद्य

mohan baidhyaनेकपा–माओबादीका अध्यक्ष मोहन बैद्यले अहिलेको अवस्थामा क्रान्तीकारीहरुबिचको एकता आवस्यक भएको बताउनुभएको छ ।
एकिकृत नेकपा माओबादीको आजबाट सुरु हुने बिराटनगर अधिबेशनलाई लक्षित गर्दै दुई पार्टीबिच एकता गर्ने भए क्रान्तिकारीहरुबीचको एकता प्रस्ताव पारीत गर्न चुनौती समेत दिनुभयो ।
एक संचार माध्यमसंगको कुराकानीमा अध्यक्ष बैद्यले एकता अहिलेको एतिहासिक आवश्यकता भएको दाबी गर्नुभयो ।
उहााले एकिकृत नेकपा माओबादीले आफ्ना गल्तीहरुलाई सच्याउदै नयां कार्यदिसामा गए पार्टी एक हुन सक्ने दाबी गर्नुभयो । बैद्यले पहिलेका सबै गल्तीको अत्मा आलोचना गर्दै सच्चीएर आउने प्रतिबद्धता गरे पार्टी एक बनाउने बिषयमा एनेकपा माओबादीलाई स्वागत गर्ने बताउनुभयो ।