एमाओवादीको राष्ट्रिय सम्मेलन सुरु हुदै

वैशाख १८, विराटनगर– एकिकृत माओवादीको प्रथम राष्ट्रिय सम्मेलन सुरु हुदैछ । आजवाट सुरु हुने सम्मेलनलाई सफल वनाउन विराटनगरलाई नव दुलही जस्तै सजाइएको छ ।
सम्मेलनका लागि आवश्यक पर्ने मञ्च, खाना, वास र स्वागत गेट निर्माण लगाएतका कार्यमा कार्यकर्ता खटिरहेका छन ।
कार्यक्रम शहिद रंगशालामा दिउसो १ वजे उद्घाटन हुने तय भएको छ । कार्यक्रमको सुभारम्भ अध्यक्ष प्रचण्डले गर्नु हुनेछ  । त्यस पछि पाच दिन सम्म विरेन्द्र सभागृहमा वन्द सत्र चल्ने छ ।
सम्मेलनमा भाग लिन एमाओवादीका शिर्ष नेता विराटनगर आइसकेका छन । यसै गरि दुइ सय पचास केन्द्रिय सदस्य सम्मेलनमा सहभागि हुन वुधवार ने विराटनगरमा आइसकेका छन ।
सम्मेलनमा करिव ५५लाख खर्च हुने वताइएको छ ।