आज अन्तराष्ट्रिय मजदुर दिवस

वैशाख १८, काठमाडौ– आज एक सय पच्चिसौं अन्तराष्ट्रिय मजदुर दिवस हो । विश्वभरका मजदुरहरुले यो दिवस विभिन्न कार्यक्रम गरि मनाउछन ।
नेपालमा आज सरकारी विदा दिइएको छ । मजदुरहरुले कार्यक्रम र र्‍याली गर्दै दिवस मनाइरहेका छन । विहान भृकुटी मण्डपवाट मजदुरका विभिन्न संगठनले र्‍याली निकालेका छन ।
अमेरिकाको शिकागोमा हजारौ मजदुरले  ८ घण्टाकाम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै थालेको आन्दोलन संसारभर फैलिएको थियो । त्यसले सफलता पाएको दिन सन १८८९ मे १  तारिख देखि अन्तराष्ट्रिय मजदुर दिवस मनाउन थालिएको हो । नेपालमा २००३ सालमा विराटनगर जुट मिलवाट मजदुर आन्दोलन सुरु भएको देखिन्छ ।
गत वर्षको आकडा अनुसार नेपालमा सरकारी तथा नीजि क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुर १ करोड १८ लाखको हाराहारीमा छन ।