बेवारिसे बन्दुक बरामद

वैशाख १७, संखुवासभा–संखुवासभा जिल्लाको पाच गाविसमा प्रहरीले ४० थान बेवारिसे बन्दुक बरामद गरेको छ । बरामद सबै बन्दुक भरुवा भएको प्रहरीले जनाएको छ । प्रहरीले घरमा हतियार राखेको पाइए कारवाही गर्ने बताएपछि फालिएको अवस्थामा ति बन्दुकहरु फेला परेका थिए । प्रहरीले जिल्लाका बिभिन्न गाविसमा घरमा हातहतियार नराख्न र राखेको भए बुझाउन आह्वान गरेको थियो । सदरमुकाम खाादबारीमा आज पत्रकार सम्मेलन आयोजना गरेर प्रहरीले फेला परेको बन्दुक सार्वजनिक गरेको हो । पाथीभरा, धुपु, वाला, सिसुवा र ताम्कु गाविसको बिभिन्न स्थानमा फालिएको अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको डीएसपी पवनकुमार गिरीले जानकारी दिनुभयो ।