एक वर्षमै संविधान दिन प्रतिबद्ध—प्रधानमन्त्री

वैशाख १७, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रमा संविधान दिन आफु प्रतिबद्ध रहेको दोहोर्‍याउनु भएको छ  । संविधान निर्माणको एकमात्र लक्ष्य लिएर सरकार गठन भएको भन्दै सानो तिनो वाधा अड्चनले सरकार नरोकिने दावी गर्नुभयो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १६ मा निर्माण भएको बिपी नेत्र प्रतिष्ठान तथा पुनस्थापना केन्ऽको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री कोइरालाले १० वर्षभित्रमा देशमा परिवर्तन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपालमा भएको प्राकृतिक स्रोत साधनको सही सदुपयोग गर्न सके चााडै नेपाल समृद्ध हुने उहाले उल्लेख गर्नुभयो । द्वन्द्वले कसैलाई फाइदा नगर्ने भएकाले सबै एकजुट भएर अघि बढ्नु आजको आवश्यकता रहेको उहााले बताउनुभयो । २९ करोडको लागतमा निर्माण भएको विपी नेत्र प्रतिष्ठानले आफ्नो कार्यसुरु गरेको छ ।