अख्तियार आखा बिस्कुट उद्योगमा

वैशाख १७, इटहरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले बिस्कुट उद्योगबाट उत्पादित सामग्रीको अनुगमन सुरु गरेको छ । कार्यालयवाट खटिएको टोलीले सुनसरी र मोरङ जिल्लामा सञ्चालित बिस्कुट उद्योगबाट उत्पादित सामग्रीको संकलन गरेको छ ।
बिस्कुट उद्योगको उत्पादनको गुणस्तर तथा तौल जााचका लागि संकलन गरिएका नमुन सम्बन्धित निकायमा पठाएको कार्यालयले बताइएको छ । सुनसरी र मोरङ करिडोरमा रहेका आठ वटा बिस्कुट उद्योगबाट उत्पादित सामग्रीको नमुना क्षेत्रीय खाद्य प्रविधि एवम् गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरमा जााचका लागि पठाइएको हो ।