स्ववियुको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बिद्यार्थी संगठनको माग

वैशाख १७, काठमाडौ–स्वतन्त्र विद्यार्थी युनियनको चुनाव निर्धारित समयमै सम्पन्न गर्न प्रमुख बिद्यार्थी संगठनहरुले दवाव दिने भएका छन् । आगामी जेठ १४ गतेका लागि तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक गृहकार्य गर्न विश्वबिद्यालयलाई आग्रह गरेका छन् । आज बिहान रिर्पोटस् क्लबमा पत्रकार सम्मेलन विभिन्न बिद्यार्थी संगठनका नेताहरुले यस्तो आग्रह गरेका हुन ।

नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तीकारी, अनेरास्ववियु छैटौं, अनेरास्ववियु सातौं लगायतका बिद्यार्थी संगठनले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न दवाव दिने भएका हुन् । नेबिसंघ प्रवक्ता युपि लामिछानेका अनुसार निर्वाचनको बिरोधमा रहेका अन्य १७ बिद्यार्थी संगठनलाई पनि सहमतिमा ल्याउने प्रयास भैरहेको छ ।