सञ्चार सुबिधाबाट बन्चित

वैशाख १७, डडेल्धुरा– डडेल्धुराको रुपाल गाबिस का अधिकांस सर्बसाधारण सञ्चार सुबिधाबाट बन्चित रहेका छन् । नेपाल टेलिकमले अहिले सम्म पनि रुपाल गाबिसमा आफ्नो सेवा बिस्तार गर्न नसक्दा त्यहााका स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका हुन् ।
यस भन्दा पहिला बैतडीको टावरले काम गर्ने भएपनि अहिले काम गर्न छोडे पछि त्यहााका स्थानीय मर्कामा परेको एक स्थानीयबासीले गुनासो गरे । रुपाल गाबिसका वडा नम्बर ७, ८, ६ र ५ का स्थानिय बासिन्दा अहिले टेलिफोनमा कुराकानी गर्न रुपालको बयलपाटा पुग्नु पर्छ ।