एकीकृत माओवादीमा खैलावैला

वैशाख १७, काठमाडौ–सोमबार एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाा पार्टी जन्माउने उद्घोष गरेलगत्तै पार्टीमा भुईचालो जान थालेको छ । प्रचण्डले पार्टीको धनुषा जिल्ला सम्मेलनको उद्घाटनमा नयाा पार्टी बनाउन नाम परिवर्तन गर्ने बताएका थिए । त्यसपछि पार्टीभित्र मौलाएको आन्तरिक कलह झन छताछुल्ल भएको छ । विहिवारदेखि विराटनगरमा गर्न लागेको पार्टीको राष्ट्रिय सम्मेलनमा नयाा पार्टी बनाउने र हालको नामलाई नै फेर्ने प्रस्ताव ल्याउन प्रचण्ड तम्सिएपछि माओवादी कार्यकर्तामा नैराश्यता छाउन थालेको छ । त्यसै पनि उपाध्यक्ष डा. बाबुराम भटराईले नयाा शक्ति निर्माण गर्ने तयारी गरेपछि एकीकृत माओवादीका कार्यकर्ता यता न उताका हुन थालेका छन् । तर औपचारिक रुपमै पार्टी विभाजन हुन लागेपछि कार्यकर्ता तानातान हुन थालेको छ । राष्ट्रिय सम्मेलन नजिकिादै गर्दा एकीकृत माओवादीको भट्टराई र दाहाल पक्षबीच कुटाकुट नै हुन थालेको छ । जिल्ला सम्मेलनको उद्घाटनपछि रसुवामा दुवै पक्षबीच कुटाकुट हुादा दाहाल पक्षीय सोमबहादुर तामाङ र मालफुर्वा तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राजधानी ल्याइएको छ । त्यति मात्रै होइन, विभिन्न जिल्लाहरुमा भइरहेका सम्मेलनमा दुई पक्षका कार्यकर्ताबीच कुटाकुट भइरहेको छ । त्यसो त अघिल्लो वर्ष मात्रै फुटको सामना गरेको एकीकृत माओवादीले फेरि फुटको सामना सामना गर्नुपर्ने अवस्थामा पुगेको छ । संस्थापन पक्ष भनिएको एकीकृत माओवादीमा डा. बाबुराम भट्टराईले पार्टीभित्र उन्माद मच्चाइरहेका छन् । उनले केही समयअघि नयाा शक्ति जन्माउने बताएका थिए । नभन्दै मंगलबारदेखि रौतहटमा शुरु भएको जिल्ला सम्मेलनबाट फुटको प्रारम्भ भएको छ । रौतहटमा फरकफरक जिल्ला सम्मेलन गरेर औपचारिक रुपमा एकीकृत माओवादी विभाजन नजिक पुगेको छ । रौतहटमा मात्र होइन, मंगलबारै रुपन्देहीमा समानान्तर समितिसमेत बनेको छ । रौतहटमा प्रचण्ड, भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षधर नेता अध्यक्षका आकांक्षी देखिएपछि समानान्तर समिति बनेको हो । चार दिनसम्म चलेको सम्मेलनले कुनै निश्कर्ष निकाल्न नसकेपछि मंगलबार भट्टराई निकटका वामदेव क्षेत्रीको नेतृत्वमा समानान्तर समिति बनाइएपछि एकीकृत माओवादी औपचारिक रुपमा विभाजन भएको भट्टराई निकट मानिने एक केन्द्रिय सदस्यले बताए । उनका अनुसार जिल्लाबाट विभाजन शुरु भए पनि विराटनगरबाट औपचारिक रुपमा पार्टी विभाजन हुने तयारी भइरहेको छ । तर माओवादी प्रबक्ता अग्नि सापकोटाले भने रौतहटको विभाजनको बारेमा केही थाहा नभएको बताए । उनले भने कसले फुटायो भन्ने जान्न जरुरी नभएको टिप्पणी गरे । दुई वर्षअघि फुटेर बनेको नेकपा माओवादी अध्यक्ष मोहन वैद्यले शनिवार मात्र जनसवालसाग नयाा शक्ति निर्माण गर्ने भट्टराईको घुर्कि मात्र भएको बताएका थिए ।