आईपिएल क्रिकेट प्रतियोगितामा आजपनि

वैशाख १७,एजेन्सी–इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगितामा आजपनि एउटामात्रै खेल हुने भएको छ । युएईमा जारी प्रतियोगिता अन्र्तगत राति सवा ८ बजेपछि सुरुहुने खेलमा मुम्बई इन्डियन्स र सनराईजर्स हैदराबाद भिड्ने छन् । मुम्बईको कप्तानी रोहित शर्माले गर्दा हैदराबादको कप्तानी शिखर धवनले गर्नेछन् ।
जारी प्रतियोगितामा मुम्बईले ४ खेल मध्य कुनैपनिमा जित हात पारेको छैन भने हैदाराबाद एक खेलमा बिजयी हुदै पुछारबाट दोस्रो स्थानमा छ ।
पााचौ चरणको खेल सकिदा किंग्स इलाभेन पञ्जाब भने १० अंकका साथ शीर्ष स्थानमा छ । पञ्जाब मात्रै अहिले अपराजित यात्रामा अगाडि रहेको छ । यसैबीच, गएराति भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि रोमाञ्चक जित हासिल गरेको छ ।
सुपर ओभरमा पुगेको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई चौका र छक्का बढी प्रहार गरेका आधारमा हराएको हो । १ सय ५३ रनको लक्ष्य पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रननै बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो ।
सुपरओभरमा पनि दुवै टीमले ११– ११ रन नै बनाए । राजस्थानले चौका र छक्का गरी १८ वटा प्रहार गरेको थियो भने कोलकाताले १३ वटा मात्र बाउण्ड्री कटाएको थियो । त्यही आधारमा राजस्थान विजयी भएको हो ।