सेमिफाइनल र फाइनल आज

वैशाख १७, महेन्द्रनगर– इन्डो–नेपाल कबड्डी च्याम्पियनसिप आज सम्पन्न हुने भएको छ । अहिले सम्म सेमीफाइनल समिकरण पुरा भएको प्रतियोगितामा आज सेमीफाइनल र फाइनल खेल हुने छन । आज हुने पहिलो सेमीफाइनलमा दिल्लीले नेपाली सेनासंग खेल्नेछ भने हरियाणाले युपिको सामना गर्नेछ ।
महेन्द्रनगरमा भइरहेको प्रतियोगिता कञ्चनपुर जिल्ला कबड्डी संघले आयोजना गरेको हो ।