रातो मच्छेन्द्रनाथको रथारोहण हुदै

वैशाख १७,काठमाडौ–बर्षा र सहकारलका देवता मानिने रातो मच्छेन्द्रनाथको रथारोहण आज गरिने भएको छ ।
विहान साढे ८ बजेको साइत भएपनि जल लिएर आउपछि आज रथारोहण गर्न लागिएको हो ।
काठ र बेतबाट बनाइएको करिब २५ हात लामो रथ बनाउन १५ दिन लागेको मच्छेन्द्रनाथका पुजारी कपिल बज्राचार्यले जानकारी दिनुभयो ।
यही वैशाख २ गतेदेखि ललितपुरको पुल्चोकमा निर्माण गर्न सुरु गरिएको उक्त रथको निर्माण हिजो बेलुकी पुरा भएको थियो ।
रथारोहणभन्दा अगाडि गरिने दशकर्म विधि पनि सम्पन्न भइसकेको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।