चटयाङ्गले लागेर एकको मृत्यु, चार घाईते

वैशाख १७, इलाम– बर्षासंगै परेको चटयाङ्गले लागेर दक्षिण इलामको शान्तिपुरमा गएराति एक युवतीको ज्यान गएको छ ।
शान्तिपुर गाविस वडा नम्बर ८ कि सुदिक्षा लाप्चाको ज्यान गएको हो । घरमा बसिरहेको अवस्थामा परेको चटयाङ्गले लागेर लाप्चाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै सोहि ठाउाकी ४० बर्षीया फूलमाया लाप्चा, २८ बर्षीया धनमाया लाप्चा र २२ बर्षीय सनम छिरिङ्ग लाप्चा घाईते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाईतेहरुको झापाको कन्काई हस्पिटलमा उपचार भइरहेको छ । यस्तै चटाङ्गले लागेर इलाम जितपुर ९ मा एक बृद्ध गम्भिर घाइते भएका छन् । ७० बर्षिय कर्णबहादुर लिम्बू घाईते भएको प्रहरीले जनाएको छ ।
उनको इलाम अस्पतालमा उपचार भइरहेको छ ।  चटयाङ्गका कारण बिद्युत सर्ट भई शान्तिपुरका डुन्डु लाप्चाको घरमा आगलागि भएको छ । आगलागिबाट ४८ हजार नगद, डेढतोला सुन सहित अन्य सरसामानहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागिबाट करिब ६ लाख रुपैंयाा बराबरको क्षती भएको पिडित शेर्पाले बताउनुभयो ।