ओलीलाई थप उपचारको लागि आज बैंकक लगिने

वैशाख १७, काठमाडौ–नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई थप उपचारको लागि आज बैंकक लगिने भएको छ ।
शिक्षण अस्पतालमा स्वस्थ्यमा सुधार नआए पछि उहाालाई दिउासो थाइल्याण्डबाट आउने एयर एम्बुलेन्समा त्यसतर्फ लगिने एमाले नेताहरुले बताएका छन् ।
बैंककमा रहेको बुमरुङग्राड अस्पतालमा ओलीको उपचार हुने छ ।
उपचारमा संलग्न चिकित्सक दिब्या सिंहका अनुसार ओलीलाई शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर भएपछि हुने फंगल मेनेन्जाइटिस भएको छ ।
उहाालाई अझै केही दिन चिकित्सकहरुको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ ।
सात बर्ष अघि भारतमा मृगौला प्रत्यारोपण गर्नुभएका ओली आइतबार बेलुकी हल्का ज्वरो र वान्ता भएपछि ओलीलाई शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको थियो । दुई हप्ताअघि पनि उहाा दिल्लीमा उपचार गरेर स्वदेश फर्कनुभएको थियो ।