को को बनायो प्रेस युनियनले पत्रकार महासंघका लागि उम्मेदवार ?

वैशाख १६, काठमाडौ–नेपाल पत्रकार महासंघको नयाा नेतृत्वका लागि नेपाल प्रेस युनियनले आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ । मंगलबार बसेको प्रेस युनियनको बैठकले व्यवसायिक पत्रकारिता र श्रमजीवी पत्रकारहरुको पक्षमा भन्दै आफ्ना उम्मेदवारहरु तय गरेको हो । महासंघका पूर्वमहासचिव पोषण केसीलाई यसअघि नै अध्यक्षको उम्मेदवार बनाएको युनियनले उपाध्यक्षमा रामजी दाहाल र महासचिवमा जगत नेपाललाई उम्मेदवार बनाएको छ । दाहाल र नेपाल दुवै महासंघका पूर्व सचिव हुन् । दाहाल हिमाल मिडियासंग आबद्ध छन् भने नेपाल कान्तिपुर टेलिभिजनमा कार्यरत रहेका छन् । यस्तै प्रेस युनियनले समावेशी उपाध्यक्षमा नेपाल टेलिभिजनकी अनिता विन्दुलाई उम्मेदवार बनाएको छ । विन्दु प्रेस युनियनमा समेत उपाध्यक्ष रहेकी छन् । युनियनले सचिवमा दिलीप थापामगर, सचिव (एसोसियट)मा प्रकाश थापा र सचिव (समावेशी) मा गोविन्द परियारलाई उम्मेदवार बनाएको छ । दिलीप थापामागर र प्रकाश थापा महासंघका वर्तमान केन्ऽीय सदस्य समेत हुन् । यस्तै महासंघको कोषाध्यक्षका लागि युनियनले राजेश मिश्रलाई उम्मेदवार बनाएको छ । महिला सचिवको भने टुंगो लागेको छैन । लेखा समितिको संयोजकका लागि युनियनले प्रदीप चापागाईलाई उम्मेदवार बनाएको छ भने उपत्यकाट शिरोमणी ढुंगाना र भूपेन्ऽ आचार्य उम्मेद्वार बनेका छन् । प्रतिष्ठान तर्फ भने नारायण अर्याल र सुबोध गौतमलाई युनियनले उम्मेदवार बनाएको छ । महिला सदस्यका लागि सलोजा दाहाल र प्रतिमा बाास्कोटा तथा जनजाति सदस्यका लागि नारायण किलम्बु र मोहन वान्तवालाई उम्मेदवार बनाइएको छ । युनियनले कर्णालीमा बिनोद मल्ल, पूर्वाञ्चलमा कृष्ण हुमागाई र भक्तिविलास पोखरेल, मध्यमाञ्चलबाट शम्भु गौतम र शीतल महतो, पश्चिमाञ्चलबाट खिमानन्द भट्टराई र ओम घायल, मध्यपश्चिमाञ्चलबाट राजिव केसी र भीमबहादुर केसी तथा सुदुर पश्चिमाञ्चलबाट टेकेन्ऽ देउवा र माधव धाामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैशाख २१ र २२ मा काठमाडौंमा हुने महाधिवेशनका लागि प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघले महेन्ऽ विष्टको अध्यक्षतामा संयुक्त प्यानल बनाउने निर्णय गरिसकेका छन् । पत्रकार महासंघको बिधान संशोधन हुनु अघि संयुक्त प्यानलको घोषणा गरेका उनीहरुको नया प्यानलबारे छलफल चलिरहेको छ ।