आईपिएलमा आज एउटामात्रै खेल

वैशाख १६, एजेन्सी– इन्डियन प्रिमियर लिग क्रिकेट आईपिएलमा आज एउटामात्रै खेल हुने भएको छ । युएईमा जारी प्रतियोगिता अन्र्तगत आजराति सवा ८ बजेपछि सुरुहुने खेलमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राईडर्स भिड्ने भएका छन् । अंक तालिकाको चौथो स्थानमा रहेको कोलकत्ताले तेश्रो स्थानमा रहेको राजस्थानसाग प्रतिस्पर्धा गर्न लागेको हो ।
प्रतियोगितामा २ मा जित र २ मा हार बेहोदै ४ अंक जोडेको कोलकत्ता  आजको खेलमा विजयी हुदै तेश्रो स्थानमा उक्लिन चाहन्छ भने समान अंक नै भएको राजस्थान विजयी हुदैं तेश्रो स्थानका यथावत स्थानमा रहने प्रयास गर्नेछ ।
यसैबीच, यसअघि गएराती भएको खेलमा विजयीहुदै किंग्स ईलेभेन पञ्जावले चेन्नई सुुपर किंग्सांग २ अंकको दुरी वढाएको छ । गएराती सम्पन्न खेलमा रोयल च्यालेन्जर बैंग्लोरलाई ५ विकेटले पराजित गदै किंग्स ईलेभेन पञ्जावले  अपराजित यात्रा कायम गदैं १० अंक जोडदै शिर्ष स्थानमा यथावत रहेको छ ।
बैंग्लोरले दिएको १ सय २५ रनको विजय लक्ष्य पञ्जावले ७ वल अगावै पुरा गदै ५ विकेटले विजयी भएको हो ।