नेपाली टिम मलेसिया जादै

वैशाख १६, काठमाडौ– नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया जाने भएको छ ।
एसीसी प्रिमियर लिगिमा सहभागिता जनाउन जाने नेपाली टिमको नेतृत्व नियमति कप्तान पारस खड्काले गर्नेछन् ।
एसियाली क्रिकेट काउन्सिल एसीसीले एसियाका टेस्ट मान्यता नपाएकमा शीर्ष बरियतामा रहेका टिमबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
प्रतियोगितामा नेपाल सहित ६ वटा टिमले सहभागिता जनाउने छन् । नेपाल र आयोजक मलेसिया सहित हङकङ, अफागानिस्तान, ओमानर युएई सहभागि हुने छन् ।