कम्प्युटराइज सरकारी लेखा प्रणाली सुरु

वैशाख १६, पोखरा– महालेखा नियन्त्रक कार्यालय तथा कोष तथा लेखा नियन्त्रक कार्यालय पोखराको आयोजनामा  कम्प्युटराइज सरकारी लेखा प्रणाली सुरु भएको छ ।
पहिलोचरणमा पोखरास्थित विभिन्न १६ वटा सरकारी कार्यालय र ७५ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा आजदेखि एक साथ उक्त प्रणाली सुरु भएको छ ।
आर्थिक वर्ष २०७१/७२ को साउन महिनादेखि नेपाल सरकारका २७ मन्त्रालय, ६२ विभाग र करिब आठ हजार कार्यालयमा उक्त प्रणाली सुरु हुने बताइएको छ ।
कागजमा लेखा राख्ने प्रणालीलाई हटाउादै कम्प्युटरमै सबै हिसाबकिताब राख्ने उद्देश्यले यो प्रणाली सुरु गरिएको हो ।