बाल विवाहको आरोपमा एक युवक पक्राउ

वैशाख १६, रुकुम –बाल विवाहको आरोपमा रुकुम प्रहरीले बााफीकोट–८ भाग्लेका १९ वर्षीय भरत विकलाई गरेको छ ।
जिल्लाको स्यालापाखा–४ की १४ वर्षीया विस्मति विसीसाग  बिहे गरेको भन्दै बालिकाका आफन्तले युवकविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । बालिकाका आफन्तको उजुरीको आधारमा विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहे गर्न भन्दै यही १२ गते उनीहरू भागेका थिए ।
यस्तै रुाघा–७ का २३ वर्षीय तेजबहादुर परियार पनि पक्राउ परेका छन् । स्यालापाखा–३ की १५ वर्षीया कल्पना विकलाई बिहे गरेका उनी विरुद्ध बालविवाह गरेको मुद्दा परेको छ । उनीहरूले यही ११ गते बिहीबार भागेर विवाह गरेका थिए ।
किशोरीका आफन्तले किशोरीलाई ललाइफकाई भगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका हुन् । दुवैजनामाथि अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।