गर्मीयामयामसंगै भाइरल फिबरको प्रकोप

वैशाख १६, नवलपरासी– गर्मीयामको शुरुवात सागै परासीमा भाइरल फिबरका बिरामीहरुको संख्या बढेको छ ।
नवलपरासीको सदरमुकाममा रहेको जिल्ला  पृथ्वीचन्द्र अस्पताल  परासीमा भाइरल फिबरका बिरामीहरुको संख्या बढेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार दैनिक ४० देखि ५० जना यो रोगका बिरामी उपचारका लागी अस्पताल आउने गरेका छन । अस्पतालले बिरामीहरुको उपचार र परामर्श समेत दिने गरेको अस्पताल प्रमुख डाक्टर नुरुल होदाले जानकारी दिनुभयो ।
परासी र आसपासका  बिरामीको अस्पतालमा अत्याधिक चाप बढेको छ । उपचारको क्रममा बिरामीहरुलाई दिईने औषधिमा भने कमी आएको र अधिकाास औषधि बाहिर मेडिलमा किन्नु परेको बिरामीले गुनासो गरेका छन ।