आज मातातीर्थ औंशी

वैशाख १६, काठमाडौ–आमाप्रति श्रद्धाभाव प्रकट गर्ने मातातीर्थ औंशी आज मनाईदै छ ।
आजका दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाउामा गएर आफ्नो क्षमताअनुसार विभिन्न मिष्ठान्न खुवाउने र आमालाई विभिन्न उपहार दिने चलन छ ।
आमा जीवित हुनेहरूले आमालाई मीठा मीठा परिकार बनाएर खुवाउने, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्ने गर्दछन् भने आमा नहुनेहरू भने यस दिन काठमाडौां उपत्यकाको पश्चिमतर्फ रहेको मातातीर्थ गई दिवङ्गत आमाको सम्झना गर्ने गर्दछन् ।
मातातीर्थ कुण्डमा स्नान गरेपछि सन्तानले आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । उक्त कुण्डमा पवित्र मनका साथ हेर्दा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने जनविश्वास रहेको छ ।
त्यहाा गएर दिवङ्गत आमाको सम्झना गरे छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने र आफ्नी आमालाई पनि मुक्त गराउन सक्ने धार्मिक मान्यता रहेको छ ।