मानमटेरिया २ सय ४६ औं पूर्ण खोप गाविस

बैशाख १५, रूपन्देही–रुपन्देहीको मानमटेरिया गाविस नेपालको २ सय ४६ औं पूर्णखोप गाविसको रुपमा घोषणा भएको छ । जिल्ला खोप समन्वय समिति रुपन्देहीले गाविसमा रहेका ११ देखि २३ महिनासम्मका २ सय १४ जना वालवालिकालाइ दिइनुपर्ने सम्पूर्ण दिइएको प्रमाणपत्र प्रदान गरि सोमबार पूर्ण खोप गाविस घोषणा गरिएको हो ।
घोषाणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला खोप समन्वय समितिका अध्यक्ष एंव स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलले मानमटेरिया १० औं पूर्ण खोप गाविसको रुपमा चिनाउन सफल भएको बताउादै सचेत नागरिकको पहिचान दिएकोमा गाउालेलाई बधाई दिनुभएको थियो ।
उहााले पूर्ण खोपलाई निरन्तरता दिनका लागि अब जन्मने बच्चालाई  खोप दिएमा मात्र अभियान सफल हुने बताउानुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका बरिष्ठ जनस्वास्थ्य अधिकृत ऋषिप्रसाद लामिछानेले बच्चालाई समयमै खोप दिनु भनेको रोगलाई बचाउने पहिलो काम भएको बताउादै बच्चालाई समय अनुसार खोप दिनुपर्ने बताउानुभयो ।
खोप अधिकृत ओमप्रकाश पन्थीले जन्मेपछि वालवालिकाले खोप पाउनु अधिकार भएको बताउादै पूर्ण खोप गाविस घोषणालाइ निरन्तरता दिन सचेत बन्नुपर्ने बताउनुभयो । गाउा स्वास्थ्य व्यवस्थापन समिति,वल्र्डभिजन र तराई विकास मञ्चको सहयोगमा गरिएको घोषणासभामा नेकपा एमालेका तुल्सि चौधरी,नेपाली काग्रेसका कृष्णबहादुर विष्ट,तराई विकास मञ्चका अध्यक्ष तुलासिंह पुन,वल्र्डभिजनका प्रेमनारायण चौधरी,अहेब ज्ञानेश्वर भण्डारी लगायतले बोल्दै गाविसले वालमृत्यूदर घटाउने काम गरेको बताउानुभएको थियो ।
कार्यक्रममा मानमटेरिया उपस्वास्थ्यचौकीका इन्चार्ज मोहन आचार्यले प्रतिवेदन पेश गनर्’भएको थियो । गाविस सचिव बब्रवाहन सापकोटाको अध्यक्षता,व्यवस्थापन समितिका सदस्य गोपाल प्रसाद पाण्डेको सञ्चालन एंव त’ल्सिराम यादवको स्वागतमा सम्पन्न भएको थियो ।