आकासको ‘निष्कपट प्रेम’

वैशाख १५,काठमाडौं–अहिलेको साहित्यिक बजारमा गजल, उपन्यास र कथाहरुले एकछत्र राज गरिहेको छ । विशेषगरेर ठूला कृतिले पनि बजार पाएकै छन् । त्यसमा खण्डकाब्य त वजारमा पाउन पनि मुस्किल पर्छ । तर काभ्रेका सर्जक आकास विशुन्के निष्कपट प्रेम नामक खण्डकाव्य लिएर आएका छन् ।
हुन त जे जस्तो भए पनि सिर्जना सिर्जना नै हो । कुनै पनि साहित्य सिर्जना गर्न सजिलो छैन । तैपनि बजारमा आएका सिर्जनालाई हेर्ने हो भने सबै नराम्रा हुादैनन् । कतिपय त सिर्जना राम्रा भएर पनि बजारसम्म आइपुग्न सक्दैनन् ।
राजधानीसागैको जिल्ला काभ्रे साहित्यको भण्डार पनि हो । त्यहीका सिर्जनाकार हुन् बिुसुन्के । उनको खण्डकाब्य निष्कपट प्रेममा समाबेश गरिएका कविताहरु मर्मस्पर्शी छन् । भावनात्मक छन् । सिर्जनाकारले शब्द चयनमा पनि ध्यान दिएकै छन् । तर पनि सिर्जनाकार धेरै ठाउामा चिप्लिएका छन् ।
उनले जसरी आफ्नो भनाईमा साहित्यिक भाव जसरी पोखेका छन्, कविताका हरवहरुमा पोख्न सकेका छैनन् । उनले मुनामदन पढेपछि आफुले आफ्नो कथालाई खण्डकाब्यको रुप दिएको बताएका छन् । तर उनका सिर्जना हेर्दा त्यस्तो देखिादैन । उनले आफ्नो सिर्जना जवरजस्ती पाठकलाई पढाउन खोजेको देखिन्छ । उनले विषय सुची राखेका छैनन् । उनले जम्मा २६ वटा कविता समेटेका छन् । त्यसभित्रका दुई वटा कविता ‘पिता र पुत्रको वार्ता’ र ‘विवसलाई आशिषको जवाफ’लाई संवादमा ढालेका छन् ।
उनले आफ्नो खण्डकाब्यको प्रारम्भमा ‘पाठकवर्ग प्रति र अन्त्यमा ‘समापन’ शिर्षकमा कविता राखेर खण्डकाब्यको बिट मारेका छन् ।