शान्ति मिसनबाट फर्किएको टोली सम्मानित

वैशाख १५,काठमाडौं –शान्ति स्थापनार्थ युनाईटेड नेशन्स मिसन इन साउथ सुडान पुगे फर्किएको सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सोमवार अधिकृत तथा जवानहरुलाई युएन सेवा पदकद्वारा सुसोभन गरे ।
सशस्त्र प्रहरी उपरीक्षक सुन्दर खड्काको कमाण्डमा स्वदेश फर्किएको उक्त टोलीमा अधिकृत तथा बिल्लादार जवान गरी एक सय २० जना रहेका छन् ।
युनाईटेड नेशन्स मिसन इन लाइवेरियामा फम्र्ड पुलिस युनिटको रुपमा तैनाथ रहेको अवस्थामा संयुक्त राष्ट्रसंघको अनुरोधमा सोही मिसनबाटै उक्त टोली साउथ सुडानमा खटिएको थियो । महानिरीक्षक वन्तले लाइवेरिया र दक्षिणी सुडानमा परिणाममुखी काम गरेको भन्दै उक्त पदक दिएका हुन् ।
उनले पदक वितरण गर्दै सम्पूर्ण राष्ट्रसेवकले आफुलाई व्यावशायीक कुशल सुरक्षाकर्मीको रुपमा उभ्याउनुपर्ने बताए । उनले ‘अरुले के गर्‍यो भन्दा पनि आफुले के गरेको छु र के गर्नुपर्ने हो भन्ने कुरालाई शिरोधार्य गर्दै संगठनलाई प्रगति एवं उन्नतीको बाटोमा हिड्नुपर्ने बताए ।