सरकार एकलौटी रुपमा अघि बढेको कांग्रेस नेता केसीको आरोप

वैशाख १५, काठमाडौ– नेपाली काarjun nar sinhग्रेसका नेता अर्जुन नरसिंह केसीले कााग्रेस नेतृत्वको सरकार पार्टी भन्दा बाहिरबाट चलेको आरोप लगाउनु भएको छ । आफ्नै पार्टीका सभापति नेतृत्वको सरकार पार्टीभन्दा बाहिरबाट चलेको केसीको आरोप छ । नेपाल प्रेस युनियन सुनसरीको अधिवेशन उद्घाटनका लागि जाने क्रममा बिराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै नेता केसीले सरकार एकलौटी रुपमा अघि बढेको टिप्पणी गर्नु भयो । सरकारको नीति तथा कार्यक्रम संसद बाहिरबाट जारी गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको बताउादै नेता केसीले कांग्रेसबाट मन्त्री बनेकाहरु समेत विना छलफल अघि बढेको जिकिर गर्नुभयो । कुनै पनि ठूला निर्णय गर्दा सरकारले पार्टीसाग कुनै सल्लाह नगर्ने प्रवृती भएकाले यसले पार्टी र सरकार दुबैमा समस्या आएको बताउनुभयो । अर्को प्रसंगमा बोल्दै नेता केसीले न्यायिक अंगमा हुने नियुक्तिमा राजनीतिक भागवण्डा गर्दा न्यायालयमा दीर्घकालिन असर पर्ने उल्लेख गर्नुभयो । न्यायालमा नियुक्ति गर्दा राजनीतिक भाग गरिन नहुने उहाको सुझाब थियो ।