चटयाङ र हावाहुरीले दुईको मृत्यु, ४ घईते

चटयाङ र हावाहुरीले दुईको मृत्यु, ४ घईते
वैशाख १५, इलाम–चटयाङ र हावाहुरीले दुईको मृत्यु हावाहुरी र चट्याङका कारण इलाममा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् । हावाहुरीपछि भााचिएको रुखले च्यापेर सोयाक गाविस वडानम्बर २ की ५० बर्षर्ीया धनकुमारी घिमिरेको र चटयाङ लागेर जितपुर ६ का ३५ बर्षीय नेत्रबहादुर मगरको ज्यान गएको प्रहरीले जनाएको छ । रुखले लागेर घाइते भएका धनकुमारीका श्रीमान् श्यामको इलाम अस्पतालमा उपचार भइरहेको छ । चटयाङले जितपुरकी रमिला राई, शान्ता मगर र उनको ६ महिने शिशु घाइते भएका छन् । इलाम नगरपालिका–५ की सुस्मिता तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ ।