केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड आजबाट

वैशाख १५, काठमाडौ– छैटौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुादै छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगितामा पााच विकास क्षेत्रका खेलाडीहरुको सहभागिता रहनेछ । बिद्यालयहरुको राष्ट्रिय स्तरीय प्रतियोगितामा बिभिन्न चार खेलमा प्रतिष्पर्धा हुने भएको छ । यस अघि पााच वटा खेलमा प्रतिष्पर्धा गराईने तयारी भए पनि तेक्वान्दो स्थगित गरिएको आयोजकले जनाएको छ । अब एथलेटिक्स, भलिबल, करााते, र उसु गरी ४ खेलमा प्रतिष्पर्धा हुने छ । एथलेटिक्समा ९० खेलाडीले २६ स्वर्ण, भलिबलमा पााच विकास क्षेत्रका छात्र र छात्रा टिमले २ स्वर्ण, कराातेमा ६० खेलाडीले ८ स्वर्ण तथा उसुमा ६० खेलाडीले ६ स्वर्णका लागि प्रतिष्पर्धा गर्नेछन् ।