ओली फेरी अस्पलाल भर्ना, स्वास्थ्य अवस्था सामान्य

kp oliवैशाख १५, काठमाडौ–नेकपा एमाले संसदीय दलका नेता केपी ओली फेरी अस्पताल भर्ना हुनुभएको छ । स्वास्थमा पुन: समस्या देखिएपछि उहाालाई गयराती ११ बजे  शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको हो । एमाले नेता ओलीको शरिरमा पानीको मात्रा कम भएको चिकित्सकले जनाएका छन् । भारतमा उपचार गराएर १२ दिन अघि नेपाल फर्किनुभएका नेता ओली केही दिन राजनीतिक दौडधुपमा सक्रिय भएपनि ३ दिन अघिवाट कार्यकर्तासागको भेटघाट बन्द गरेर बस्नु भएको थियो । अस्पतालमा भर्ना हुनु भएका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।