जहाज हस्तान्तरण गर्दै

वैशाख १५, काठमाडौ–चीनले अनुदानमा उपलब्ध गराएको जहाज आज नेपाल बायुसेवा निगमलाई हस्तान्तरण गर्ने भएको छ । जहाज हस्तान्तरण गर्न चिनियाा टोली नेपाल आईसकेको छ । जहाज हस्तान्तरणका लागि निर्माता कम्पनी एभिक ईन्टरनेशनल होल्डिङस्का अध्यक्ष वु ग्वाङक्वान नेपाल आएका हुन् । चीनबाट उडान गरेर जहाज हिजो दिउासो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । शनिबार नै जहाज आउने भनिएको भएपनि हिजो दिउसो मात्र जहाज नेपाल ल्याइएको थियो । निगमले चीनबाट ल्याउने ६ वटा जहाजमध्ये पहिलो चरणमा अनुदानको एमए ६० नामक ५६ सिट क्षमताको जहाज काठमाडौं भित्र्याएको हो । चीनले निगमलाई एक वाई १२ ई नामक १९ सिट क्षमताको र एक एमए ६० गरी दुई जहाज अनुदानमा दिने निर्णय गरेको छ । निगमले चीनबाट १९ सिट क्षमताका तीन र ५८ सिट क्षमताको एक जहाज खरिद गरेको छ ।