वैशाख १५, काठमाडौ–नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिन मस्यौदा समितिको बैठक आज पनि बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष तथा मस्यौदा समितिका संयोजक झलनाथ खनालले प्रस्तुत गरेको प्रारम्भिक मस्यौदामाथि सदस्यहरुले धारणा राख्न्े कार्यक्रम छ । चैत मसान्तसम्म राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्ने, वैशाख ५–१० गतेसम्म केन्ऽीय कमिटीमा छलफल गर्ने र वैशाख १५ बाट तल्लो कमिटीमा छलफल सुरु गर्ने कार्यतालिका भएपनि अहिलेसम्म मस्यौदाले अन्तिम रुप पाएको छैन । जसले गर्दा जेठ २४ देखि ३० गतेसम्म आयोजना हुने महाधिवेशन प्रभावित हुने देखिएको छ । समाजको चरित्र, २०६२–६३ को परिवर्तनलाई हेर्ने दृष्टिकोण, परिवर्तित परिस्थितिमा मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादलाई परिमार्जन, मित्रशक्ति र शत्रु शक्तिको पहिचान, आगामी कार्यदिशालगायत महत्वपूर्ण राजनीतिक विषयमा फरक मत रहेको छ । अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमको धारणा एकै प्रकारको रहेको छ भने अर्का नेता केपी शर्मा ओलीको फरक धारणा छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
