पारिश्रमिक नबढाए एसएलसीको पुस्तिका नजााच्ने चेतावनी

वैशाख १४,काठमाडौ – पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरुले एलएलसी उत्तरपुस्तिका नजााच्ने चेतावनी दिएका छन् । हातमा कालोपट्टी बााधेर काम गरिरहेका उनीहरुले १५ वैशाखसम्म आफ्ना माग सम्बोधन नगरे देशभर उत्तरपुस्तिका नजााच्ने तयारीमा जुटेका हुन् । शिक्षकहरुले अहिले एउटा उत्तरपुस्तिका परीक्षण गरेको १५ रुपैयाा पाउने गरेका छन् । पााच बर्षदेखि महागी निकै बढे पनि पारिश्रमिक नबढेको भन्दै शिक्षकहरुले आफ्ना माग सम्बोधन नगरे परीक्षण नै नगर्ने चेतावनी दिएका हुन् । एसएलसी उत्तरपुस्तिका परीक्षण समितिको आव्हानमा १२ वैशाखदेखि उत्तरपुस्तिका परीक्षण नगर्ने कार्यक्रम भए पनि चरणबद्ध रुपमा कालोपट्टी बााधेर आन्दोलन सुरु गरेका हुन् । समितिका सहसंयोजक हरेराम ठाकुरले भने ‘ अहिले हामी कालोपट्टी बााधेर काम गरेका छौं, १५ गतेसम्म माग सम्बोधन नभए देशभर उत्तरपुस्तिका परीक्षण बन्द हुन्छ ।’ उनले ०६५देखि परीक्षणको पारिश्रमिक एउटै रहेको बताए । बिगतमा पनि शिक्षकहरुले आन्दोलन गरेर पारिश्रमिक बढाएका थिए । ०६२ मा आन्दोलनपछि नौ रुपैयााबाट बढाएर १२ रुपैयाा भएको नयाा पत्रिका दैनिकले लेखेको छ ।