दक्षिण कोरियाका प्रधानमन्त्रीद्धारा राजिनामा

वैशाख १५,एजेन्सी–डुंगा दुर्घटनाको बिषयलाई लिएर दक्षिण कोरियाका प्रधानमन्त्री जंग हुन वानले पदबाट राजिनामा दिएका छन् ।
गत साता भएको डुंगा दुर्घटनामा हराईरहेका व्यक्तीहरुको खोजी कार्यमा भईरहेको ढिलाईले प्रधानमन्त्री वानले चौतर्फी आलोचना खेप्न बाध्य हुनु परेको थियो । उक्त आलोचना सहन नसकेपछि पदवाट राजिनामा दिएको प्रधानमन्त्री वानले जनाएका छन् । डुंगा दुर्घटनामा २ सय मानिसको मृत्यु भैसकेको छ भने एक सय भन्दा बढि हराईरहेका छन् ।
डुंगा दुर्घटनामा हराइरहेका व्यक्तीहरुका आफन्तले दिनदिनै प्रदर्शन गर्दै आएका छन् भने सरकारलाई दबाब दिादै आएका छन् । दुर्घटनामा धेरैजसो बिद्यार्थी र शिक्षकहरु परेका थिए ।