इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आजपनि २ वटा खेल हुने

वैसाख १४, एजेन्सी–इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आजपनि २ वटा खेल हुने भएका छन् । आज हुने पहिलो खेलमा दिल्ली डियर डेभिल्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन् । त्यसैगरी आजैराति हुने अर्को खेलमा हैदराबाद र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन् ।
गएरातिको खेलमा किंग्स इलेभेन पञ्जावले चौथो जित हात पारेको छ । पञ्जावले कोलकात्ता नाइट राइडर्सलाई २३ रन अन्तरले पराजित गर्दै चौथो जित हात पारेको हो ।
टस हारेर पहिले व्याटिङको निम्तिो पाएको पञ्जावले निर्धातिर २० ओभरको खेलमा ९ विकेट गुमाउदैं १ सय ३२ रन बनाएको थियो ।
पञ्जावका निम्ति विरेन्द्र सेहवागले सर्वाधिक ३७ रन बनाएका थिए भने ऋषी धवनले १९ रन बनाएका थिए । म्याक्सवेल भने १५ रनमा पेभेलियन फर्किए ।
पञ्जावको बलियो व्याटिङलाई सस्तैमा रोक्ने क्रममा पियुस चावला र सुनिया नारायणले ३ तीन विकेट लिएका थिए । १ सय ३३ रनको सामान्य लक्ष्य लिएर मैदानमा ओर्लिएको कोलकात्ताको सुरुवात राम्रो रहन सकेन ।
सन्दिप शर्माले ३, मिचेल जोन्सन र अक्सर पटेलले २ दुई तथा लक्ष्मीपति बालाजी र ऋषी धवनले १ एक विकेट लिएपछि कोलकात्ता १८ दशमलव २ ओभरमा अलआउट हुदैं १ सय ९ रनमा समेटियो । कोलकाताका निम्ति सुर्यकुमार यादवले सर्वाधिक ३४ तथा रविन उथप्पाले १९ रनको योगदान दिएका थिए । लगातार चौथो जित आत्मसाथ गरेको पञ्जाव ८ अंकका साथ अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । कोलकत्ता भने ४ खेलबाट ४ अंक सहित चौथो स्थानमा रहेको छ ।
यस अघिको खेलमा राजस्थाल रोयस्ले रोयल च्यालेन्जर्स बेग्लोर्सलाई ६ विकेटले पराजित गरेको छ । टस जितरे फिल्डिङ रोजेको राजस्थानले बेग्लोरलाई केवल ७० रनमा अलआउट गरेको थियो ।
बेग्लोरका निम्ति कप्तान विराट कोहलीले सर्वाधिक २१ रन बनाए थिए भने अन्य व्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन र बेग्लोर केवल १५ ओभर मात्र टिक्न सक्यो । ७१ रनको लक्ष्य पच्छाएको राजस्थानले अजिन्के राहाणे र कप्तान सेन वाट्सनको २३ र २४ रनको मद्दतले १३ ओभरमा लक्ष्य भेट्टाएको थियो ।