अफगानिस्तनमा पुन: निर्वाचन हुने

एजेन्सी–अफगानिस्तानमा भएको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत हाासिल गर्न नसकेपछि पुन: निर्वाचन हुने भएको छ ।
गत अप्रिल पााचमा सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि अब धेरै मत ल्याएका शीर्ष दुई उम्मेदवारबिच पुन: निर्वाचन हुने भएको हो ।
हालै सम्पन्न मतदानमा पूर्व विदेशमन्त्री अब्दुल्ला अब्दुल्लाहले ४४ दशमलव ९ प्रतिशत मत हाासिल गरे भने उनका निकटतम प्रतिद्वन्दीले तथा पूर्व अर्थमन्त्री अशरफ गनीले ३१ दशमलव ५ प्रतिशत मत प्राप्त गरे ।
अधिकारीहरुका अनुसार अब दोस्रो चरणको चुनाव सम्भवत आगामी जुन महिनाको सुरुवातमा हुने छ ।