विद्यालयमा अक्षयकोष स्थापना

वैशाख १४, स्याङ्जा –विर्घा स्याङ्जा सहयोग समाज युएईले विर्घा गाविस भित्र रहेका एघार वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेको छ । स्याङ्जाको विर्घाबाट रोजगारीका शिलशिलामा युएईमा रहेका नेपालीहरुको सहयोगमा स्याङ्जा सहयोग समाज युएई गठन गरी सोही समूहमार्फत ‘जन्मभूमि सेवा समर्पित’ कार्ययोजना अन्र्तगत विर्घा गाविसका प्रत्येक सामुदायिक विद्यालयमा ११ हजार १ सय ११ का दरले अक्षयकोष स्थापना गरिएको हो ।
समाजले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा युएईमा संकलन भएको १ लाख २२ हजार २ सय २१ रुपैयाा रकम समाजका सचिव प्रेम थापाले विर्घामा आयोजना गरिएको एक समारोहमा हस्तान्तरण गर्नुभएको हो । समाजमा हाल बिर्घा गाविसबाट रोजगारीकालागि युएईमा रहेका तथा भूपू युएईएमा रहेका बिर्घाबासीहरु गरी कूल १ सय ५१ जना आबद्ध रहेका छन् ।