सुख्खायामले बैतडीमा खानेपानीको समस्या

वैशाख १४, वैतडी–गर्मी याम संगै खानेपानीको स्रोत सुक्दै गएिपछि बैतडीका विभिन्न गाविसमा खानेपानीको समस्या हुन थालेको छ । सुख्खायामले खानेपानीका मुहानहरु सुक्दै गएका छन । पछिल्लो समयमा जंगलको विनास तथा वातावरण परिवर्तनमा देखिएको असरले गर्दा  पनि खानेपानीका मुहानहरु सुक्दै गएका हुन ।
खानेपानीका मुहान सुकेपछि अहिले त्याहांका स्थानियबासीहरु खानेपानी लिन घण्टौा टाढा जानु पर्ने अवस्था रहेको छ । पानी नै नभएपछि व्यक्तिगत सरसफई लगायत पशुपालन घट्दै गएको स्थानीयहरुले वताएका छन् । बैतडीको दशरथ चन्द नगरपालीका सहित देहिमाण्डौं गुरुखोला, श्रीकोट, हटैराज, गोकुल्लेश्वर, कोटपेटरा लगायत दुई दर्जन गाविसमा खानेपानीको समस्या भएको  रेडियो सौगातबाट लक्ष्मी विजले खबर पठाएका छन ।