वैशाख १४, काठमाडौ–उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले निर्धारित समयमा संबिधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अघिल्लो संबिधान सभाले गरेका कामहरुको स्वामित्व ग्रहण गरिसकिएकाले निर्धारित समयमै संबिधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो । कााग्रेस महामन्त्री समेत रहेका उपप्रधानमन्त्री सिंहले सल्यानमा आज आयोजित बिभिन्न कार्यक्रममा सरकार शान्ति प्रक्रियाका बााकी काम सक्न पनि दृढ भई अघि बढेको बताउनु भयो । प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले संबिधानसभामा मनोनित हुन बााकी २६ सभाषद्को छिट्टै मनोनयन हुने स्पष्ट पार्नु भयो । उहााले बिभिन्न संबैधानिक निकायमा रिक्त पदपूर्तिका लागि सरकार गृहकार्यमा रहेको भन्दै छिट्टै नियुक्त प्रक्रिया अघि बढ्ने बताउनु भयो । यस्तै सल्यानका बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरुलाई निर्देशन दिादै मन्त्री सिंहले जनताको काम प्रभावकारी रुपमा अविलम्ब गर्न आग्रह गर्नु भयो । उपप्रधानमन्त्री सिंहले कसैको डर त्रासमा नपर्न र जिल्लाको विकास निर्माणमा पनि लाग्न जिल्ला स्थित कार्यालय प्रमुखलाई निर्देशन दिनु भएको उहााका प्रेस सहयोग युपी लामिछानेले जानकारी दिनु भयो । सिंहले आज बिहान निजामति कर्मचारी युनियनको छैटौं जिल्ला सम्मेलनको उद्घाटन गर्नु भएको छ भने पार्टीको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गरी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।