अनुदान दिएको चिनियाा जहाज आउदै

वैसाख १४, काठमाडौ–नेपाल बायुसेवा निगमलाई चीनले अनुदानमा उपलब्ध गराउन लागेको जहाज आज नेपाल आईपुग्ने भएको छ । उक्त जहाज हस्तान्तरण गर्न चिनियाा टोली नेपाल आईसकेको छ । आज दिउसो १२ बजे काठमाडौंमा भित्रिन लागेको जहाज हस्तान्तरणका लागि निर्माता कम्पनी एभिक ईन्टरनेशनल होल्डिङस्का अध्यक्ष वु ग्वाङक्वान नेपाल आएका हुन् ।
निगमका प्रवक्ता रामहरि शर्माका अनुसार चीनबाट उडान गरेर नै सो जहाज आज दिउासो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।
निर्माता कम्पनीले नै जहाज काठमाडौं ल्याउने र भोली हस्तान्तरण गरीने तयारी भएको छ ।
शनिबार नै जहाज आउने भनिएको भएपनि आज दिउसो मात्र जहाज नेपाल ल्याउन लागिएको हो ।
निगमले चीनबाट ल्याउने ६ वटा जहाजमध्ये पहिलो चरणमा अनुदानको एमए ६० नामक ५८ सिट क्षमताको जहाज काठमाडौं भित्र्याउन लागिएको हो । चीनले निगमलाई एक वाई १२ ई नामक १९ सिट क्षमताको र एक एमए ६० गरी दुई जहाज अनुदानमा दिने निर्णय गरेको छ । निगमले चीनबाट १९ सिट क्षमताका तीन र ५८ सिट क्षमताको एक जहाज खरिद गरेको छ ।