द्वन्द्वकालिन मुद्धा उचाल्नेलाई नछोड्ने बैद्यको चेतावनी

mohan baidhyaवैशाख १३, काभ –नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले द्वन्द्वकालिन मुद्दा उचालेर आफ्ना कार्यकर्तालाई जेल हाले कसैलाई नछोड्ने चेतावनी दिएका छन् । माओवादीको १० बर्षे युद्धको योगदान सिध्याउने योजना अनुरुप आफ्ना कार्यकर्तालाई मुद्धा लगाउने प्रयत्न गरिए कसैलाई नछोड्ने उनको चेतावनी छ । शनिबार बनेपामा आयोजित नेकपा–माओवादीको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै वैद्यले द्वन्द्वकालका मुद्दालाई सरकारी पक्षले अगाडि बढाए जनसत्ता र जनअदालत पुन: जन्माउने चेतावनी दिए । द्वन्द्वकालका मुद्धाहरुलाई उचालेर माओवादीलाई फसाउने षडयन्त्र थालिए भन्दै उनले मुद्दालाई उचाले कोही बााकी नरहने बताए । माओवादीलाई मात्रै फसाउने नियतले सरकारले राज्य पक्षबाट भएका अपराधहरु लुकाउन खोजेको उनले दाबी गरे । नेकपा–माओवादीलाई जानकारी नगराई सरकारले एकलौटी ढंगबाट माओवादीका कार्यकर्ता माथि मुद्दा लगाउने, जेल चलान गर्ने र अरुहरुलाई जोगाउन सत्य निरुपण तथा मिलमिलाप आयोगका गठन गरेको भन्दै बैद्यले आक्रोश व्यक्त गरे । कार्यक्रममा बैद्यले एमाओवादीसाग पार्टीको एकिकरण असम्भव रहेको ठोकुवा गरे ।