दलितमैत्री संविधान निर्माणका लागि सवैले खबरदारी गर्नुपर्ने

chhabi lalबैशाख १३, रूपन्देही– नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माले दलितमैत्री संविधान निर्माणका लागि सवैले खबरदारी गर्नुपर्ने बताउनुभएको छ । मूलुकको ठूलो शक्ति अझै पनि सामाजिक विभेदमा परेको बताउादै दलित समुदायलाई अधिकार सम्पन्न नबनाई आउने संविधान अपुरो हुने बताउनुभयो ।
विगतको संविधानसभामा दलितका पक्षमा धेरै काम भएको उहााको भनाई छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीको छैठौं जिल्ला अधिवेशनको  शनिबार बुटवलमा उदघाटन गर्दै पूर्व मन्त्रि विश्वकर्माले दलितलाई पाखा लगाएर कुनै पनि राजनितिक शक्ति अगाडि जान नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य नजिर मियाा, लुम्बिनी अञ्चल सचिव खिमलाल भट्टराई, एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले दलित समुदाय उत्पीडनमा परेको बताउादै अब विगतको कमजोरी सच्याएर आफ्नो पार्टी लाग्ने बताउनुभयो ।
कार्यक्रममा मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य एकराज विश्वकर्मा,एमालेका अञ्चल सदस्य झपेन्द्र जि.सी., मुक्ति समाजका केन्द्रिय सल्लाहाकार तेजप्रसाद विक, लुम्बिनी अञ्चल इन्चार्ज डोलेन्द्र गहतराज, सहइन्चार्ज कृष्ण सुनार, जनसंगठन प्रमुख पुरुषोत्तम घिमिरे,एमाले रुपन्देही सदस्य कमला विश्वकर्मा, अखिल नेपाल महिला संघका थानकुमारी थापा, रुपन्देही व्यापार संघका श्रीकृष्ण पोखरेल लगायतले बोल्दै दलित समुदायलाई अधिकार दिन राजनितिक पार्टीहरुले कन्जुस्याइ गरेको बताउादै अब त्यसका विरुद्ध एकजुट हुन आग्रह गर्नुभएको थियो ।
जिल्ला अध्यक्ष नन्दबहादुर खड्काथोकीको अध्यक्षता,उपाध्यक्ष प्रकाशमणि विश्वकर्माको स्वागत एंव सचिव सुरेन्द्रश्री विश्वकर्माको सञ्चालनमा कार्यक्रम भएको थियो । उद्घाटनसत्र अघि बुटवलको नयाा बसपार्कबाट जातीय विभेद अन्तय लेखिएका प्लेकार्ड सहतिको र्‍याली निकालिएको थियो । अधिवेशनले नयाा नेतृत्व समेत चयन गर्ने छ ।