सत्य निरुपण तथा मेलमिलाप आयोगले अपराधीलाई उन्मुक्ति दिने दाबी

kamal thapaवैशाख १३, विराटनगर–राष्ट्यि प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब गठन हुने सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका अपराधीलाई पनि उन्मुक्ति दिने दाबी गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसाग सङ्क्षिप्त कुरा गर्दै उहााले जघन्य अपराधका दोषीलाई कानुनअनुसार कारबाही गर्नका लागि राप्रपाले संसद्मा मेलमिलाप आयोगको संशोधन प्रस्ताव ल्याएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष थापाले नयाा बन्ने संविधानमा सबै राजनीतिक दलको भावना एवम् एजेन्डालाई  समावेश गर्नुपर्ने अन्यथा संविधान जारी भएको भोलिपल्टदेखि नै विरोध हुने र त्यसबाट गम्भिर अवस्था उत्पन्न हुने धारणा राख्नुभयो ।