१३ मजदुरको उद्धार

वैशाख १३, कास्की–कास्कीको सिल्दुजुरेमा निर्माणाधीन उपल्लो मादी जलविद्युत् आयोजनाको सुरुङ्गमा पहिरो जाादा थुनिएका १३ जना मजदूरलाई झण्डै १४ घण्टापछि, सकुशल उद्धार गरिएको छ ।
हिजो दिउासो १ बजे सुरुङ्गको मुखमा पहिरो जाादा थुनिएका एक चिनियाा सहित १३ जना मजदूरलाई बिहान करिब साढे तीन बजे उद्धार गरिएको प्रहरीले जनाएको छ ।
लामो समयपछि सुरुङ्गबाट बाहिर निकालिएका कामदारलाई उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । २५ मेगावाट क्षमताको निर्माणाधिन जलविद्युत आयोजनाको सुरुङ्गको मुखमा पहिरो गएर थुनिएपछि, भित्र रहेका कामदारलाई फलामको पाईपमार्फत अक्सीजन र पानी पठाईएको थियो ।
पहिरो गएदेखि सम्पर्कविहीन भएका अन्य ३ जना कामदारको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन । उनीहरुको खोजीकार्य जारीरहेको प्रहरीले जनाएको छ ।