फोटो पत्रकारिता दिवस मनाइदै

वैशाख १३, काठमाडौ–फोटो पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय फोटो पत्रकार समूहले तथ्य समाचारका लागि फोटो पत्रकारिता नाराका साथ विहान प्रभातफेरी गरिएको छ ।
विक्रम सम्बत् १९८४ बैशाख १३ मा पहिलो पटक फोटो प्रकाशित भएको दिनको सम्झनामा केही वर्षयता हरेक वर्ष बैशाख १३ गते फोटो पत्रकारिता दिवस मनाउने गरिएको छ ।
दिवसका अवसरमा २०६२ र ६३ को जनआन्दोलनमा सशक्त भूमिका खेलेका फोटो पत्रकारलाई आज सम्मान गर्ने कार्यक्रम पनि रहेको समूहका महासचिव हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो । फोटो पत्रकार समूहमा हाल ३ सय भन्दा बढी फोटो पत्रकार आबद्ध छन् ।