लागु औषध सहित एक युवक पक्राउ

वैशाख १३, सर्लाही– लागु औषध सहित सर्लाहीको लालबन्दीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । लालबन्दी स्थित यूनाईटेड आल्मुनियममा कार्यरत बारा पसौना ९ बोधु वनका २७ वर्षीय भुषण केसीलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो ।
युवकको साथबाट ५ बोतक कोरेक्स, केहि पोका गााजा र कोरेक्सामा मिसाउने एसिड पनि फेला पारिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । केसीले विभिन्न ठाउाबाट लागु औषध खरिद गरेर ल्याई लालबन्दीका युवाहरुलाई बिक्री वितरण गर्ने गरेको पाईएको प्रहरी निरीक्षक सोतीले बताउनुभयो ।