पृथ्वी राजमार्ग खोल्न, अश्रुग्यास प्रहार

वैशाख १३, तनहु– तनहुाको कोत्रेमा शनिवार प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सवारी दुर्घटनाको बिषयलाई लिएर स्थानियले अबरुद्ध पारेको पृथ्वी राजमार्ग खोल्न शनिवार प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । स्क्याभेटरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले कोत्रेस्थित पृथ्वी राजमार्ग अवरुद्ध पारेका थिए ।
अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रहरीले लाठ्ठी चार्ज र अश्रुाग्यास प्रयोग गरेको हो । दुर्घटनापश्चात स्क्याभेटरको नक्कली चालक देखाएको आरोप लगाउादै मृतकका आफन्त र स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध पारेका छन् । कोत्रेस्थित सिद्धेश्वरी क्रसर उद्योगको ग१क १८१९ नम्बरको स्क्याभेटरले दुलेगौडा–२, कोत्रे नर्सरीमा बिहीबार सााझ ग४प ६३४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।