न्यायाधिश उपर उजुरीको आह्वान

वैशाख १३, काठमाडौ–व्यवस्थापिका संसद अन्तरगतको संसदीय सुनवाई विषेश समितिले न्यायाधिशका लागि सिफारिस भएका व्यक्ति उपर उजुरी आह्वान गरेको छ ।
न्याय परिषदद्धारा सिफारिस भएका ८ जना व्यक्तिलाई न्यायाधिश बनाउन उपयुक्त छ–छैन भन्ने वारेमा प्रमाण सहित सुचना तथा उजुरीहरु दिन विषेश समितिले आग्रह गरेको हो ।
समितिले सुचना प्रकाशित गरी यही बैशाख २० गते भित्र समितिको कार्यालय सिंहदरवारमा आईपुग्नेगरी हुलाक, फोन, इमेल वा फ्याक्स मार्फत पठाउन आग्रह गरेको छ।
न्याय परिषदले बैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेश्वर शमसेर जवरा र जगदीश शर्मा पौडेललाई न्यायाधिशका लागि सिफारिस गरेको छ ।
सर्वोच्च अदालतमा अहिले ८ स्थाई न्यायाधिशको पद खाली रहेको छ ।