आज विश्व बौद्धिक सम्पत्ति दिवस

वैशाख १३, काठमाडौ–विश्व बौद्धिक सम्पत्ति दिवस मुभी अ ग्लोवल प्यासन भन्ने मूल नाराका मनाइदै छ ।
बौद्धिक सम्पत्ति सम्बन्धि महासन्धी कार्यान्वयनमा आएको दिनको सम्झनामा अप्रिल २६ तारिखका दिन बौद्धिक सम्पत्ति दिवस मनाउने गरिन्छ ।
आफ्नो बुद्धि विवेक प्रयोग गरी सिर्जना गरेका कुरा नै बौद्धिक सम्पत्ति हुन् । मानिसलाई भौतिक सम्पत्ति स्वामित्वको अधिकार भएजस्तै आफूले सिर्जना/रचना गरेका सामग्रीमा स्वामित्वको हकदावी गर्ने कानुनले अधिकार दिएको छ ।
प्रतिलिपी अधिकार सम्बन्धि कानून कार्यान्वयन कमजोर भएकाले नेपालमा बौद्धिक सम्पत्तिको दुरुपयोग हुने गरेको छ ।