पल्सर स्पोर्ट अवार्ड जेठ १८ गते हुने

वैसाख १२, काठमाडौ–सनेपाल खेलकुद पत्रकार मञ्चले हरके बर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्टस अवार्डको एघारौ संस्करण आउदो जेठ १८ गते हुने भएको छ ।
खेलकुद पत्रकार मञ्चले आज पत्रकार सम्मेलन गर्दै स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो । यसपटक पनि स्पोर्टस अवार्डमा ८ वटा बिधा रहनेछन । जस अन्तर्गत बर्षको उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक रहेका छन ।

त्यस्तै उत्कृष्ट पारा एथलिट, लाइफ टाइम अचिभमेन्ट अवार्ड, स्पोशल अवार्ड र पपुलर प्लयेर अफ द इयर रहेका छन ।

स्पेशल अवार्ड, लाइफ टाइम अचिभमेन्ट र उत्कृष्ट पारा एथलिटको घोषणा कार्यक्रमकै दिन घोषणा गरिनेछन भने अन्य पांच बिधाको मनोनयन छिट्टै सार्बजनिक गरिने मञ्चले जानकारी दिएको छ । पपुलर प्लयेर अफ द इयरको बिजेता भने एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा गरिनेछ । उत्कृष्ट महिला तथा पुरुष खेलाडी र पपुलर प्लयेर अफ द इयरले पुरस्कार स्वरुप मोटरसाइकल प्राप्त गर्नेछ । अन्य बिधाका बिजेतालाई नदग ५० हजार पुरस्कार प्रदान गरिनेछ ।