पहिलो पटक रिक्सा दर्ता सुरु

वैशाख १२, कञ्चनपुर–यातायात व्यवस्था कार्यालय महाकाली कञ्चनपुरले पहिलो पटक विद्युतीय रिक्सा दर्ताको कार्य सुरु गरेको छ ।
कार्यालयले पहिलो पटक विद्युतीय ब्याट्रीबाट चल्ने रिक्सा दर्ताको कार्य सुरु गरिएको यातायात व्यवस्था कार्यालयका प्रमुख विक्रम नेपालीले जानकारी दिनुभयो ।
मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार दर्ता गर्ने कार्यलाई अगाडि बढाएका उहाले बताउनुभयो ।
कञ्चनपुरमा विद्युतीय ब्याट्रीबाट चल्ने रिक्साको सङ्ख्या तीन दर्जनभन्दा बढी रहेका छन् ।