रकम निकासा नगर्दा विद्यार्थीहरुलाई अझै पाठ्यपुस्तक अभाव

वैसाख १२, सर्लाही–सर्लाहीमा जिल्ला शिक्षा कार्यालयले विद्यालयहरुलाई पाठ्य पुस्तक खरिद गर्न रकम निकासा नगर्दा विद्यार्थीहरुले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । विद्यालय निरीक्षक र स्रोत व्यक्तिहरुले प्रत्येक विद्यालयका विद्यार्थीहरुको संख्या सहितको सत्यापन प्रतिवेदन बुझाउन नसक्दा विद्यार्थीहरुले पाठय पुस्तक पाउन नसकेका हुन् ।
विद्यालय निरीक्षक र स्रोत व्यक्तिहरु सहित जिल्ला शिक्षा अधिकारीलाई अख्तियारले झोले विद्यालयलाई रकम निकासा गरेको भन्दै लामो समय देखि बयानका लागी काठमाण्डौमा बोलाएपछि विद्यार्थीहरुको संख्या समयमा नै संकलन हुन नसक्दा यस्तो समस्या सिर्जना भएको हो ।
शिक्षा मन्त्रालयबाट विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत गत साउन मै ४ करोड बजेट प्राप्त भए पनि ११ वटै स्रोत केन्द्रमा रकम निकासा हुन सकेको छैन् ।